गृहपृष्ठ सानिमा बैंकको शाखा रुपन्देहीको भलबारीमा

सानिमा बैंकको शाखा रुपन्देहीको भलबारीमा

सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा स्थापना गरेको छ । भदौ १५ गतेदेखि सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले उद्घाटन गरेका छन् ।

कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यो समयमा भलबारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीलाई अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ । संक्रमण न्यून हुँदै गएपछि शाखाबाट आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान उपलब्ध हुनेछन् ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु