गृहपृष्ठ सिद्धार्थ बैंकको कार्डको पिन मोबाइलबाटै राख्न सकिने

सिद्धार्थ बैंकको कार्डको पिन मोबाइलबाटै राख्न सकिने

siddhartha-bank-newskarobar

सिद्धार्थ बैंकले डेबिट क्रेडिट कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रिन पिन सेवा सुरु गरेको छ । भदौ १५ गतेदेखि सुरु गरिएको सेवाअनुसार बैंकका ग्राहकले डेबिट र क्रेडिट कार्डको ग्रिन पिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटिएम वा एनइपिएस सदस्य रहेका केही बैंकको एटिएमबाट पनि परिवर्तन गर्न सक्नेछन् । पिन परिवर्तन गर्न एटिएममा कार्ड राखेपछि ग्राहरुलाई बैंकमा रजिस्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिन पिन आउनेछ । ग्राहकले सोही ग्रिन पिन एटिएममा राखी आफ्नो नयाँ पिन नम्बर परिवर्तन गर्न सक्नेछन् ।

पिन परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ । यसपश्चात् ग्राहकले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाइन कारोबारमा प्रयोग गर्न सक्नुका साथै अन्य बैंकका एटिएममा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु