गृहपृष्ठ मेगा बैंकको स्मार्ट कृषि सेवा, किसानलाई कर्जा लिन सहज
मेगा बैंकको स्मार्ट कृषि सेवा, किसानलाई कर्जा लिन सहज
मेगा बैंक नेपालले व्यावसायिक किसानलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो कार्ड हस्तान्तरण गर्दै ‘मेगा स्मार्ट कृषि’ सेवा आरम्भ गरेकी छन् ।
स्थापना कालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ नारालाई मूलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानलाई लक्षित गरी यो सेवा सुरु गरेको उनले बताइन् । ‘कृषिक्षेत्रका लागि यो नेपालकै नवीनतम बैंकिङ सुविधा हो,’ उनले भनिन्, ‘यो कार्डको माध्यमबाट वास्तविक किसान पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’ मेगा किसान कार्डमार्फत किसानले आफूलाई आवश्यक पर्ने मलखाद, बीउविजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामान तोकिएका कृषि सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् ।
कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै उत्पादकत्व वृद्धि गर्ने अभियानलाई प्रभावकारी बनाउन मेगा बैंकले आर एन्डी डी इन्नोभेटिभ सोलुसनसँ पनि सम्झौता गरेको छ ।
प्रकाशित समय १६:५० बजे

















