गृहपृष्ठ एनआइसी एशिया बैंकका कार्ड प्रयोगकर्ताले सुजुकी मोटरसाइकल किन्दा १५ हजार छुट पाउने
एनआइसी एशिया बैंकका कार्ड प्रयोगकर्ताले सुजुकी मोटरसाइकल किन्दा १५ हजार छुट पाउने
एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले VG Automobiles प्रालिबाट सुजुकी ब्राण्डका दुईपांग्रे सवारी खरिद गर्दा १२,००० नगद छुट तथा ३,००० नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
यस सम्बन्धमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी अटोमोबाइल्सका उपमहाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्सको शोरुमबाट सुजुकी ब्राण्डका दुईपांग्रे सवारी खरिद गरेका १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।
बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भीजी अटोमोबाइल्ससँगको यो सहकार्यले ग्राहकहरूको दुई पांग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकको विश्वास छ । यस बैंकका ग्राहक महानुभावहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । जसमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय १८:५७ बजे

















