गृहपृष्ठ माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाइट होटलमा १५ प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले अकामा र मुनलाइट होटलमा १५ प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टाछुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् । नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानसँग सम्झौता गर्दै आएको छ ।

स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक देशभर १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएस (POS Machine)मार्फत ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु