गृहपृष्ठ सनराइज बैंकद्वारा बाल मन्दिरलाई डेढ लाख सहयोग
सनराइज बैंकद्वारा बाल मन्दिरलाई डेढ लाख सहयोग
सनराइज बैंकले नेपाल बाल संगठन, बाल मन्दिरलाई डेढ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रमुख कार्यालय गैरीधारामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालले बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले सधैँझैँ वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडालगायत वितरण गर्दै आएको छ । यो वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गर्दै उक्त सामग्री किन्न नगद सहयोग गरेको बैंकले जनाएको छ ।
प्रकाशित समय १८:१५ बजे

















