गृहपृष्ठ एनआइसी एशिया बैंकको ‘डिजिटल उत्सव’ योजनामा ५० प्रतिशतसम्म छुट
एनआइसी एशिया बैंकको ‘डिजिटल उत्सव’ योजनामा ५० प्रतिशतसम्म छुट
एनआइसी एशिया बैंकले बडादसैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले आफ्ना ग्राहकहरू समक्ष ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता (Cash back) को लाभ लिन सक्नेछन् ।
देशव्यापी कोरोना महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई आफ्नो उत्तरदायित्व महसुस गर्दै ल्याइएको यस योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास छ । चाडपर्वको कोसेलीस्वरूप ल्याइएको यस योजनाले ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पुर्याँउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
उक्त योजनामा बैंकका मोबाइल बैंकिङ (MoBank) तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय १४:१८ बजे

















