गृहपृष्ठ प्रभु बैंकद्वारा जिल्ला प्रशासन कार्यालय पर्सामा एक्स्टेन्सन काउण्टर स्थापना

प्रभु बैंकद्वारा जिल्ला प्रशासन कार्यालय पर्सामा एक्स्टेन्सन काउण्टर स्थापना

prabhu-bank-newskarobar

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका- ९ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो काउण्टरबाट बिहीबारदेखि कारोबारसमेत सुरु भएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । काउण्टर स्थापनापछि सेवाग्राहीहरुलाई रकम जम्मा गर्न तथा जिल्ला प्रशासन कार्यलयको कामकाजमा सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु