गृहपृष्ठ प्रभु बैंकको लिवाङ शाखा सञ्चालनमा
प्रभु बैंकको लिवाङ शाखा सञ्चालनमा
प्रभु बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार रोल्पाको लिवाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । लिवाङ नगरपालिका ४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा खोली सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकको लिवाङ शाखा कार्यालयको नगरप्रमुख पूर्ण केसीले उद्घाटन गरेका हुन् । बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै नगरप्रमुख केसीले भने, ‘प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको छ ।’
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए । बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको जनाएको छ ।
प्रकाशित समय १६:०९ बजे

















