गृहपृष्ठ प्रभु बैंकको नयाँ अफर : एटीएम कार्डबिनै नगद

प्रभु बैंकको नयाँ अफर : एटीएम कार्डबिनै नगद

prabhu-bank-newskarobar

प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै QR Code Scan गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ  प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो सेवा नेपाली बैंकिङ इतिहासमै नवीनतम प्रयोग भएको बैंकको दावी छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहज रुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटीएम कार्ड बोक्ने झन्झटबाट ग्राहकहरु मुक्त हुनेछन् । बैंकले सञ्चालनमा ल्याएको यस नवीनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकको विश्वास छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु