गृहपृष्ठ प्रभु बैंकले तीन महिनामै कमायो ८५ करोड
प्रभु बैंकले तीन महिनामै कमायो ८५ करोड
प्रभु बैंकले चालू आर्थिक वर्षको तीन महिनामै ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४०.४९ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा २०.४१ प्रतिशतले बढी हो ।
बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ र कर्जा प्रवाह १ खर्ब १६ अर्ब नाघेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेर ३२.९६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५५.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.२२ गुणा छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.६७ प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर ७.३९ र स्प्रेड दर ४.३७ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय २०:४१ बजे

















