गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्कमा ११४ प्रतिशत वृद्धि
गुराँस लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्कमा ११४ प्रतिशत वृद्धि
गुराँस लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ११४.६२ प्रतिशत बढी बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्षको तीन महिनामा ४४ करोड ८५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेकोमा चालू वर्षको सोही अवधिमा ९६ करोड २६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो ।
इन्स्योरेन्सको खुद नाफा पनि एक करोड ८ लाखबाट बढेर ४ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५६ करोड ६२ लाख रूपैयाँ छ । त्यस्तै, जीवन बिमा कोषमा ८ अर्ब ५० करोड ५ लाख र महाविपत्ति कोषमा ४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
हालसम्म इन्स्योरेन्सले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ४९९ दाबीबापत १४ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ वटा दाबीबापत ३४ लाख ३९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा छ ।
प्रकाशित समय २०:५४ बजे

















