गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नाफामा ४० प्रतिशत वृद्धि

ग्लोबल आइएमई बैंकको नाफामा ४० प्रतिशत वृद्धि

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ४०.५९ प्रतिशतले खुद नाफा बढाएको छ । हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधि बैंकले १ अर्ब ५ करोड ८८ लाख रूपैयाँ नाफा गरेको हो । गत वर्षको सोही अवधिमा बैंकको नाफा ७५ करोड ३१ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन नाफा समीक्षा अवधिमा ४३ करोड २९ लाख रुपैयाँ बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्षको असोजसम्ममा २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ६ रुपैयाँ ५५ पैसा घटेर २२ रुपैयाँ ३२ पैसामा झरेको छ । १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख छ ।

असोजसम्ममा बैंकको निक्षेप संकलन २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ९५ अर्ब ७३ रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्ममा ०.८५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात समीक्षा अवधिमा बढेर १.८३ प्रतिशत पुगेको छ । त्यसैगरी, बैंकको आधार दर ९.४४ प्रतिशतबाट घटेर ७.२५ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशतबाट बढेर ५.०३ प्रतिशत पुगेको छ ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु