गृहपृष्ठ सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि ५ लाख सहयोग
सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि ५ लाख सहयोग
सिदार्थ बैंकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई पाँच लाख आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।
सहयोग रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई बुधबार हस्तान्तरण गरेका छन् । उक्त रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गर्न उपयोग गर्ने जनाएको छ ।
प्रकाशित समय २१:२० बजे

















