गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई ८ लाख हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई ८ लाख हस्तान्तरण

ग्लोबल आइएमई बैंकले टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले समय–समयमा संस्थागत उत्तरदायित्वअन्तर्गत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु