गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा बगैँचा मर्मत तथा पुन:निर्माण

महालक्ष्मी विकास बैंकद्वारा बगैँचा मर्मत तथा पुन:निर्माण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत तथा पुन: निर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । बैंकले लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थानमा रहेको सो बगैँचा मर्मतपछि हस्तान्तरण गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बगैंचाको विधिवत उद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखित शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु