गृहपृष्ठ सिभिल बैंकको वार्षिकोत्सवमा रोजगारी गुमाएकालाई नि:शुल्क खाना

सिभिल बैंकको वार्षिकोत्सवमा रोजगारी गुमाएकालाई नि:शुल्क खाना

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त सिभिल बैंकले एघारौं वर्षमा प्रवेश गरेको अवसरमा महामारीमा रोजगारी गुमाएकालाई नि:शुल्क खानाको व्यवस्था गरेको छ । आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि ‘म एक जिम्मेवार सिभिलियन’को नारा समेत सार्वजनिक गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीमा बैंकले ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गर्दै कोरोना महामारीको कारण रोजगारी गुमाएकाका लागि निःशुल्क १० छाक भोजन प्रवन्धको गरेको बैंकले जनाएको छ ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा कोरोना संक्रमितको उपचार गर्न बैंकका कोरोना संक्रमित कर्मचारीले आवश्यक पर्ने प्लाज्मा दान गर्ने भएका छन् । त्यस्तै बैंकले माता तीर्थस्थित बृद्धाश्रममा बृद्धबृद्धाहरुका लागि तीन महिना पुग्ने चामल अध्यक्ष हरी खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष ई.ईच्छाराज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिए ।

 

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु