गृहपृष्ठ सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच कर्जासम्बन्धी समझदारी

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच कर्जासम्बन्धी समझदारी

सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबिच सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार गाउँपालिकाद्वारा अनुरोध/सिफारिस गरिएका सम्भाव्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा बैंकका अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दिपक पण्डित तथा गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरे । सो अवसरमा रुकुम (पश्चिम)का सभासद जनार्दन शर्मा, बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल पनि उपस्थित थिए ।

समझदारीपत्रका मुख्य बुदाँहरु :

  • सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधनसमेत) कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न चाहने समूहलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंकसमक्ष सिफारिस गर्ने ।
  • गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।
  •  कर्जा जोखिम न्युनीकरणका लागि बैंकमार्फत कर्जा लिएका समूहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनीकरण कोषको स्थापना गर्नेछ ।
  • बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एसएमएस लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु