गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंकको १२६औं एटीएम चुनिखेलमा

नेपाल इन्भेस्टमेन्ट बैंकको १२६औं एटीएम चुनिखेलमा

एटीएम उद्घाटन गरिँदै ।

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)ले बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायब महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेशसभा सदस्य नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

एनआईबीएल हाल ८३ वटा शाखा, १२६ वटा एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकलाई सेवा पुर्‍याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु