गृहपृष्ठ सिभिल बैंकको एक्सटेन्सन काउन्टर वाणिज्य विभागमा
सिभिल बैंकको एक्सटेन्सन काउन्टर वाणिज्य विभागमा
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले काठमाडौँको बबरमहलस्थिति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र सिभिल बैँकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् ।
यससँगै विभागका सेवाग्राहीले सम्पूर्ण राजस्व तथा दस्तुर सिभिल बैंकको एक्सटेन्सन काउन्टरबाट भुक्तानी गर्न सक्नेछन् । पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा र ४ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।
प्रकाशित समय १०:३९ बजे

















