गृहपृष्ठ मुस्ताङको कागबेनीमा प्रभु बैंकको शाखा स्थापना

मुस्ताङको कागबेनीमा प्रभु बैंकको शाखा स्थापना

प्रभु बैंकले मुस्ताङको कागबेनीमा शाखा स्थापना गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा बैंकले २१२औं शाखा स्थापना गरेको हो । नयाँ शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सोमबार गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष गुरुङले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए । कागवेनी शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्था लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु