गृहपृष्ठ सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान भइरहेको छ : महालक्ष्मी बैंक

सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान भइरहेको छ : महालक्ष्मी बैंक

mahalaxmi bikash bank newskarobar

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यस बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्बन्धमा तत्कालिन सुनजाँचकीले सम्पूर्ण जिम्मेवारी लिँदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालिन सुनजाँचकी र सुन धितो राखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएको थियो ।

बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भई रहेको ब्यहोरा जानकारी गराउँछौ । उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्व कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु सम्प्रेषण भई रहेकोमा यस प्रकारको गलत समाचारहरु प्रति दुःख व्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसिमका कुनै पनि तथ्य विपरितका समाचार प्रकाशन र प्रसारण नगरी दिनुहुन अनुरोध गर्दछौं ।

निक्षेकर्ता तथा सेयरधनीको हकहितलाई ध्यानमा राखी बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रक्रिया सुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिनुहुन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक हार्दिक अपिलसहित विनम्र अनुरोध गर्दछ ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु