गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा २०औं एक्सटेन्सन काउन्टर सञ्चालन
नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा २०औं एक्सटेन्सन काउन्टर सञ्चालन
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो २०औं एक्सटेन्सन काउन्टरमार्फत सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उद्घाटन गरेका हुन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन- युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
प्रकाशित समय १८:१३ बजे

















