गृहपृष्ठ सेन्ट्रल फाइनान्सको लाभांश घोषणा
सेन्ट्रल फाइनान्सको लाभांश घोषणा
सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैँकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
प्रकाशित समय १२:०६ बजे

















