गृहपृष्ठ सिटिजन्स बैँकको शाखारहित बैँकिङ सेवा काठमाडौँ र इलाममा
सिटिजन्स बैँकको शाखारहित बैँकिङ सेवा काठमाडौँ र इलाममा
सिटिजन्स बैँकले काठमाडौँ र इलाममा शाखारहित बैँकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैँकले काठमाडौँको चोभार र इलामको चिसोपानी पञ्चमीबजारमा शाखारहित बैँकिङ सेवा सुरु गरेको हो ।
बैँकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैँकिङ सेवा पु‑याउने उद्देश्यका साथ शाखारहित बैँकिङ सेवा विस्तार गरेको जनाएको छ । चोभारका लागि सुरेन्द्र केसी र पञ्चमीबजारका लागि राममाया सम्बाहाम्फेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखा रहित बैँकिङ इकाइबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैँकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बैँकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०८:३० बजे

















