गृहपृष्ठ नबिल बैँकले भन्यो‑ चन्दा मागिएको समाचार भ्रामक

नबिल बैँकले भन्यो‑ चन्दा मागिएको समाचार भ्रामक

nabil bank

नबिल बैँकले सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको भन्ने समाचार भ्रामक भएको बताएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले विज्ञप्तिमार्फत समाचार बिल्कुलै भ्रामक भएको र त्यसप्रति नबिल बैँकको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चन्दासम्बन्धी खबरबारे बैँकको विमति छ । यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौँ ।’ केही सञ्चारमाध्यममा नबिल बैँकसँग सरकारसम्बद्ध व्यक्तिहरूले चन्दा मागेको समाचार प्रकाशित भएको थियो ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु