गृहपृष्ठ साक्को रिसोर्टमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १० प्रतिशत छुट
साक्को रिसोर्टमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १० प्रतिशत छुट
बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौता पत्रमा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठकुमार सैंजू र साक्को रिसोर्टका प्रमुख श्रीवन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय ०८:२० बजे

















