गृहपृष्ठ मदन भण्डारी स्मृति बाटिकालाई हिमालयन बैंकको सहयोग
मदन भण्डारी स्मृति बाटिकालाई हिमालयन बैंकको सहयोग
हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । उपत्यका वातावरण विकास तथा संरक्षणमा कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको हो ।
काठमाडौँको सुविधानगरमा रहेको संस्थालाई बैँकले रुख–बिरुवा खरिदका साथै बाटिकाको संरक्षण तथा सरसफाईका लागि सहयोग उपलब्ध गराएको जनाएको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएको छ ।
प्रकाशित समय ०८:१७ बजे

















