गृहपृष्ठ सनराइज बैँक र भिभान्ता होटलबीच सम्झौता, ग्राहकलाई विशेष छुट

सनराइज बैँक र भिभान्ता होटलबीच सम्झौता, ग्राहकलाई विशेष छुट

सनराइज बैँकका ग्राहकले होटल भिभान्ता काठमाडौँको सेवा लिएबापत विशेष छुट पाउने भएका छन् । बैँकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्तासँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैँकका ग्राहकले भिभान्ताको म्यान्ट र अकारी रेस्टुराँमा खाना र बेबरेजको सनराइज बैँकको क्रेडिट तथा डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । बैँकले ‘स्मार्ट बनौँ, डिजिटल बैँकिङ गरौँ’ अभियानअनुरुप ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु