गृहपृष्ठ ग्लोबल आइएमई बैँकको ‘स्मार्टमा क्यासब्याक’ योजना
ग्लोबल आइएमई बैँकको ‘स्मार्टमा क्यासब्याक’ योजना
ग्लोबल आइएमई बैँकले ‘स्मार्टमा क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । बैँकले चौधौँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैँकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्तालाई लक्षित गरी यो योजना ल्याएको जनाएको छ ।
बैँकको मोबाइल बैँकिङ/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार गरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअपबाहेक) ५० रुपैयाँ पाउनेछन् । त्यस्तै क्यूआरमार्फतको पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त (क्यासब्याक) गर्ने छन् ।
हाल बैँकले सातवटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैँकिङ इकाइ, २४ एक्सटेन्सन काउन्टर, १ सीडीएस क्लियरिङ काउन्टर, २३ राजस्व कलेक्सन काउन्टर र तीन वैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०७:२१ बजे

















