गृहपृष्ठ नेपाल फाइनान्समा गाभिँदै ललितपुर फाइनान्स
नेपाल फाइनान्समा गाभिँदै ललितपुर फाइनान्स
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल फाइनान्सका सञ्चालक समिति अध्यक्ष प्रा.डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका सञ्चालक समिति अध्यक्ष दिपक महर्जनले शुक्रबार हस्ताक्षर गरेका छन् ।
नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको पहिलो फाइनान्स कम्पनी हो । त्यस्तै लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्स २०५१ सालमा खुलेको हो । नेपाल फाइनान्सको चुक्तापुँजी ३१ करोड र ललितपुरको २४ करोड रुपैयाँ छ ।
ललितपुर फाइनान्सलाई प्राप्तिपछि नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार हुनेछ । नेपाल फाइनान्सकै सञ्चालक समिति र व्यवस्थापनबाट संस्था सञ्चालन हुनेछ । हाल नेपाल फाइनान्सका २ शाखा छन् । कम्पनीले ६ शाखा कार्यालय र २ एक्सटेन्सन काउन्टर खोल्न प्रक्रिया अघि बढाइसकेको छ । ललितपुरका ३ वटा शाखा छन् । प्राप्तिपछि कम्पनीको शाखा कार्यालय संख्या १३ पुग्नेछ ।
प्रकाशित समय ०९:१५ बजे

















