गृहपृष्ठ ग्लोबल आइएमई बैँकको कर्णाली प्रदेश शाखा कार्यालयद्वारा कपडा वितरण

ग्लोबल आइएमई बैँकको कर्णाली प्रदेश शाखा कार्यालयद्वारा कपडा वितरण

ग्लोबल आइएमई बैँकको कर्णाली प्रदेश शाखा कार्यालयले सुर्खेतको विरेन्द्रनगरस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण गरेको छ । बैँकले १४औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कपडा वितरण गरेको हो ।

कर्णाली प्रदेश शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम सुर्खेत शाखालाई कपडा हस्तान्तरण गरेका छन् । बैँकले समाजलाई टेवा पु‑याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाज उपयोगी कार्य गर्दै आएको छ ।

देशका ७३ जिल्लामा बैँकका २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैँकिङ इकाइ, २७ सरकारी राजस्व संकलन काउन्टर, १ सीडीएस एन्ड किल्यरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर र तीनवटा वैदेशिक/प्रतिनिधि कार्यालय छन् ।

प्रकाशित समय ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु