गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैँकको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ नियुक्त
राष्ट्रिय वाणिज्य बैँकको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ नियुक्त
राष्ट्रिय वाणिज्य बैँकले मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बैँकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैँक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैँकले आधुनिक बैँकिङ सेवाको प्रवर्धनका लागि नम्रतालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको बताए । कार्यक्रममा नम्रताले सरकारी स्वमात्विको वाणिज्य बैँकको ब्रान्ड एम्बेसडर हुन पाउनु गर्वको विषय भएको बताइन् ।
प्रकाशित समय ०९:३७ बजे

















