गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैँक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सहमति
सांग्रिला डेभलपमेन्ट बैँक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सहमति
सांग्रिला डेभलपमेन्ट बैँकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत अर्थोपेडिक हस्पिटलमा आबद्ध चिकित्सक र कर्मचारीलाई बैँकले १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने भएको छ ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैँकका ग्राहक, संस्थापक सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारले हस्पिटलमा उपचार गराउँदा विशेष छुट पनि पाउनेछन् । सहमति पत्रमा बैँकका प्रमुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय ०९:३३ बजे

















