गृहपृष्ठ सहज फाइनान्सिङका लागि मेगा बैँक र एमएडब्लूबीच सम्झौता
सहज फाइनान्सिङका लागि मेगा बैँक र एमएडब्लूबीच सम्झौता
नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेवी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले सहज फाइनान्सिङका लागि मेगा बैँकसँग सम्झौता गरेको छ । जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको उपस्थितिमा एमएडब्लूका अध्यक्ष विष्णुकुमार अग्रवाल र मेगा बैँकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै देशभरिका जेसीबीका ग्राहकले मेगा बैँकबाट विशेष सुविधा उपभोग गर्न पाउने भएका छन् । ‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखामार्फत सेवा प्रदान गर्नेछौँ,’ एमएडब्लूका अध्यक्ष अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेवी उपकरण ब्रान्ड हो, जसका कारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’
त्यसैगरी, नेपालका लागि जेसीबी इन्डियाका कन्ट्री हेड विरेन्दर भारद्वाजले एमएडब्लू जेसीबीको सर्वोत्कृष्ट डिलरमध्येमा पर्ने बताए । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिन र बिक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लू उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशील मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’
प्रकाशित समय १०:०४ बजे

















