गृहपृष्ठ एनआईसी एशिया लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट संस्थाको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आवा २०७६/७७ को नाफा‑नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु परित भएको छ ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई पनि साधारण सभाले पारित गरेको छ । साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरू शशांक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

लघुवित्तले देशभरका १२० शाखा कार्यालयबाट करिब ४७ हजार सदस्यसहित ३६ हजार कर्जा सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ लघुवित्तीय सेवा प्रदान गर्दै आएको यस संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैँक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा शाखा विस्तार गरेको छ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु