गृहपृष्ठ सिटिजन्स बैँकले ६ महिनामा कमायो ८७ करोड ५१ लाख नाफा

सिटिजन्स बैँकले ६ महिनामा कमायो ८७ करोड ५१ लाख नाफा

citizens bank newskarobar

सिटिजन्स बैँक इन्टरनेसनलले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ८७ करोड ५१ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैँकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकको नाफा गत वर्षको सोही अवधिको भन्दा २७.२६ प्रतिशत बढी हो ।

गत वर्षको साउनदेखि पुससम्ममा बैँकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीसँगै नेट ट्रेडिङ इन्कम र अन्य सञ्चालन आम्दानी बढेपछि बैँकको खुद नाफा बढ्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

बैँकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पु्गेको छ भने सञ्चालन नाफा २१.५६ प्रतिशत बढेर १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैँकको अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको सिटिजन्स बैँकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख र सेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैँकको निक्षेप १८.८५ प्रतिशत बढेर १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.२७ प्रतिशतले बढेर ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

बैँकको निष्क्रिय कर्जा बढेको देखिन्छ । गत वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशत रहेको बैँकको निष्क्रिय कर्जा चालू वर्षको सोही अवधिसम्ममा बढेर २.४२ प्रतिशत पुगेको हो ।

व्यापारसँग आम्दानी बढेपछि बैँकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । गत वर्षको पुस मसान्तसम्ममा १५.१३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो पुससम्ममा १७.१३ रुपैयाँ पुगेको हो । बैँकको आधार दर १०.३५ प्रतिशतबाट ८.२५ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.५८ प्रतिशतबाट घटेर ४.०८ प्रतिशतमा सीमित भएको छ ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु