गृहपृष्ठ प्रदेश १ मा आइएमई ‘भरोसा कोश’को रकम वितरण

प्रदेश १ मा आइएमई ‘भरोसा कोश’को रकम वितरण

कोरोनाभाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोश’ले प्रदेश १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरेको छ । झापाको बिर्तामोडमा रहेको आइएमईको प्रादेशिक सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अध्यक्ष ढकालले कोरोनाभाइरसबाट ज्यान गुमाउन बाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोशको मुख्य उद्देश्य रहेको बताए । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग प्रदान गरिँदै आएको छ । बिर्तामोड क्षेत्रबाट चार जनालाई अध्यक्ष ढकालले सहयोग राशि हस्तान्तरण गरेका छन् । कोरोनाभाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आईएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोश स्थापना गरेको जनाएको छ ।

प्रकाशित समय १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु