गृहपृष्ठ ललितपुरको कुपण्डोलमा सानिमा बैंकको शाखा
ललितपुरको कुपण्डोलमा सानिमा बैंकको शाखा
सानिमा बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार गरेका छन् ।
उद्घाटन कार्यक्रममा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैँकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैँकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय ०८:३१ बजे

















