गृहपृष्ठ ग्लोबल आईएमई बैँकले ६ महिनामै कमायो २ अर्ब ३१ करोड नाफा

ग्लोबल आईएमई बैँकले ६ महिनामै कमायो २ अर्ब ३१ करोड नाफा

ग्लोबल आइएमई बैँकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३१ करोड ५१ लाख खुद नाफा गरेको छ । बैँकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकको नाफा गत वर्षको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात् ३७.३२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैँकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पुससम्ममा बैँकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ बैँकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ छ । खुद नाफासँगै बैँकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैँकको प्रतिसेयर आम्दानी १७.७७ रुपैयाँबाट बढेर २१.४ रुपैयाँ पुगेको छ । बैँकको प्रतिसेयर नेटवर्थ १४२.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा छ ।

बैँकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

बैँकको निष्क्रिय कर्जा सामान्य बढेर १.२ प्रतिशतबाट १.७२ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैँकको आधार दर ९.६४ प्रतिशतबाट ६.७६ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.३१ प्रतिशतबाट ४.६९ प्रतिशतमा झरेको छ ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु