गृहपृष्ठ रामेछापमा सनराइज बैँकका दुई शाखारहित बैंकिङ इकाइ स्थापना

रामेछापमा सनराइज बैँकका दुई शाखारहित बैंकिङ इकाइ स्थापना

sunrise-newskarobar

सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका ११ सावाडाँडा र उमाकुण्ड गाउँपालिका ७ भुजीमा शाखारहित बैंकिङ इकाइ स्थापना गरेको छ । बैँकका सावाडाँडा शाखारहित बैँकिङ इकाइको मन्थली नगरपालिका ११ की उपप्रमुख मायाकुमारी कार्की र भुजी इकाइको उमाकुण्ड गाउँपालिका ७ का अध्यक्ष रुद्रमणि नेवारको उपस्थितिमा उद्घाटन गरिएको छ ।

शाखारहित बैंकिङ इकाइको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँमा एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन् । सनराइज बैंकले देशभरका १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ इकाइ, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु