गृहपृष्ठ एभरेस्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच कर्जा सम्झौता
एभरेस्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच कर्जा सम्झौता
एभरेस्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सहुलियत दरमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नगरपालिका प्रमुख रमेश महर्जनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एभरेस्ट बैंकले आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधानमा रही कीर्तिपुर नगरपालिकाका बासिन्दालाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
प्रकाशित समय ०९:०३ बजे

















