गृहपृष्ठ पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको आफ्नै भवन
पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको आफ्नै भवन
कृषि विकास बैंकले पोखराको चिप्लेढुंगामा आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट कारोबारको सुरुवात गरेको छ । बैंकले शनिबार एक कार्यक्रमबीच भवनको औपचारिक उद्घाटन गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संयुक्त रुपमा रिबन काटेर कार्यालय उद्घाटन गरेछन् । कार्यक्रममा बैंक सञ्चालक समिका अध्यक्ष निरौलाले कृषिक्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । बैँकले सुनदेखि नुनसम्म र हलोदेखि हाइड्रोसम्म लगानी गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित समय ०९:०७ बजे

















