गृहपृष्ठ कुमारी बैंकको मोबाइल बैँकिङ एपबाट पैसा पठाउन सकिने
कुमारी बैंकको मोबाइल बैँकिङ एपबाट पैसा पठाउन सकिने

कुमारी बैंकले मोबाइल बैँकिङ एप कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था सुरु गरेको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरका आधारमा देशव्यापी जसलाई पनि रकम पठाउन सक्नेछन् ।
ग्राहकले कुमारी बैंकका देशभरका शाखा र बैंकका १० हजारभन्दा बढी रेमिट एजेन्ट कार्यालयबाट रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने कुमारी बैंकमात्र हो । यो प्रणालीबाट कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ दैनिक कारोबार सीमाअन्तर्गत नै पर्नेछ ।
प्रकाशित समय ०९:१७ बजे