गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहीलाई १० लाख प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहीलाई १० लाख प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेको नेपाली आरोही टोलीलाई नगद १० लाखसहित सम्मान गरेको छ । माघ ३ गते पाकिस्तानको केटु हिमाल चढेर विश्व कीर्तिमानी कायम गरेका उनीहरूलाई बैँकले सहयोग गरेको हो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले टोलीलाई सम्मान गर्दै १० लाख प्रदान गरेका छन् । ‘क्रुर हिमाल’ उपनाम दिइएको केटु चढ्नलाई सबैभन्दा कठोर मानिन्छ । जाडोमा केटु चढ्नुलाई करिब असम्भव मानिएको थियो ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु