गृहपृष्ठ सानिमा बैंकद्वारा काठमाडौंको टोखामा नयाँ शाखा स्थापना

सानिमा बैंकद्वारा काठमाडौंको टोखामा नयाँ शाखा स्थापना

सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका- ६ (ग्रान्डी हस्पिटलनजिक)मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त कार्यालयको ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले मंगलबार उद्घाटन गरे ।

उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सवल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु