गृहपृष्ठ एनआइसी एशिया बैंकको ‘भ्यालेन्टाइन्स डे’ योजना : २० जनालाई तारे होटलमा डिनर

एनआइसी एशिया बैंकको ‘भ्यालेन्टाइन्स डे’ योजना : २० जनालाई तारे होटलमा डिनर

nicasia nic asia bank

हरेक वर्ष फेब्रुअरी १४ का दिन मनाइने Valentine’s Day को अवसरमा एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि ‘Celebrate Love with NIC ASIA Bank’ भन्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकले मोबाइल बैंकिङ (MoBank) डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG Gateway च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न ग्राहकहरुलाई उत्प्रेरित गराउने उद्देश्यले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा Valentine’s Day को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनामा मोबाइल बैंकिङ सेवामार्फत QR कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत POS द्वारा भुक्तानी गर्ने र ई-कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलमार्फत सहभागी गराइने छ । प्रतिच्यानल ५ जना गरी जम्मा २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथामार्फत छनोट गरेर डिनरको लागि समावेश गरिनेछ । योजना अवधिभर ५ सय रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिने बैंकले जनाएको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा काठमाडौंबाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनोट भएका ग्राहकहरूका लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने जनाइएको छ । उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई थप आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

त्यसैगरी नयाँ ग्राहकलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु