गृहपृष्ठ सात ठाउँमा थप्यो जनता बैंकले सेवा

सात ठाउँमा थप्यो जनता बैंकले सेवा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले २ शाख र ५ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले चैत महिनाभित्रै २ शाखासहित ७ ठाउँमा सेवा शुरु गरेको हो । बाराको सिमरौनगढ शाखा चैत्र १ र पोखराको बुढीबजार शाखा चैत्र ५ गते देखि सञ्चालनमा ल्याएको छ ।
यसैगरी बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–६, बनवेहडा, जानकी नगरपालिका–१, दुर्गौली र गोदावरी नगरपालिका–८, स्याउले बजार साथै दाङ जिल्लाको राप्ती गाउँपालिका–४, मौरीघाट र लमही नगरपालिका–३, फलकापुर गरी पाँच स्थानबाटशाखा रहित बैंकिङ्ग सेवासमेत शुरु गरेको छ । योसँगै बैंकले देशभरीबाट ९८ शाखा सञ्जाल, ३१ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु