गृहपृष्ठ प्रदेश आयोगको उपाध्यक्षमा श्रेष्ठ

प्रदेश आयोगको उपाध्यक्षमा श्रेष्ठ


बुटवल । प्रदेश नम्बर ५ मा प्रदेश योजना आयोग गठन भएको छ । प्रदेश मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले योजना आयोग गठन गरेर त्यसको उपाध्यक्षमा डा. प्रकासकुमार श्रेष्ठलाई चयन गरेको छ । आयोगको अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था छ । आयोगका १ महिलासहित २ सदस्य पछि मनोनित गरिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
एकजना कृषि विज्ञ र एकजना सिभिल इन्जिनियरिङको तर्फबाट २ सदस्य नियुक्त हुनेछन् । केन्द्रको राष्ट्रिय योजना आयोगले गर्ने काम प्रदेशमा प्रदेश योजना आयोगले गर्नेछ । त्यस्तै मंगलबारको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको प्रेस सल्लाहकारमा शेरबहादुर केसीलाई नियुक्त गरेको छ । केसी पत्रकार महासंघ रुपन्देहीको निवर्तमान अध्यक्ष हुन् ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु