गृहपृष्ठ माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

machhapuchhre-bank_lumbinige

माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालयबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले ८६ वटा शाखा, दुर्इवटा एक्स्टेन्सन काउन्टर र २७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ ।

प्रकाशित समय १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु